जनता टाइम्स

२ आश्विन २०७८, शनिबार २३:२३

दुई वर्षपछि प्रचण्ड सन्यासी बन्न बाध्य हुन्छन : हेमन्त सेडाई



काठमाडौं, असोज २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ​’प्रचण्ड’ले केहि दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा दुई बर्ष पछि आफु एक्लो हुने होकी भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

प्रचण्डको अभिव्यक्ति यसरी व्यापक मात्रामा फैलियो की राजनितीलाई नजिक बाट जानेका बुझेका र विश्लेषण गर्न सक्ने मात्रै होइन राजनितीलाई सामान्य रुपमा मात्रै बुझ्न सक्नेले पनि यस बिषयमा आफ्नो धारणा ब्यक्त गर्नुभएको छ । साँचैनै प्रचण्ड एक्लो हुनै लाग्नुभएको हो त त ? उहाँको राजनिती समाप्त नै हुन लागेको हो त ? यस बिषयमा सिमा तथा नागरिकताका विज्ञ एवं राजनितिक विश्लेषक हेमन्त सेडाइले भने ठोकुवा नै गरेर नयाँ खुलासा गर्नुभएको छ । ओटीभी नेपाल डककममा गरेको कुराकानीमा विश्लेषक सेडाइँले दुइ बर्ष पछि प्रचण्डको अवस्था पनि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधिश दामोदर शर्माको जस्तो हुने ठोकुवा गर्नुभएको छ । अर्थात प्रचण्ड पनि सन्यासीको भेषमा देवघाट जानुपर्ने सेडाँइको दावी छ ।

प्रचण्डले आफ्नो आत्मा देखी नै म अब एक्लो हुन्छु भनेर बोलेको भन्दै सेडाइले पछिल्लो समय उनमा ठूलो विचलन देखीएको जिकिर गर्नुभयो। सरकारमा भएको मान्छे कहिले आन्दोलन गर्छु भन्न, कहिले एक्लो हुन्छु भन्ने जस्ता अभिव्यक्ति प्रचण्डले दिनुभएको छ । यस बाट बुझ्न सकिन्छ उहाँको मनोबल पुरै गिरेको छ। दुइ बर्ष पछि एक्लो हुन्छु भनेर प्रचण्डले पुरै क्याल्कुलेटर थिचेर हिसाब गरेर बोलेको भन्दै सेडाइँले त्यो कुरा साँचो भएको दावी गर्नुभयो । मनको बोली नचाहँदा नचाहँदै पनि निस्किएको उहाँले बताउनुभएको छ ।

माधव नेपाल र प्रचण्ड दुवैको राजनिती समाप्त हुने भन्दै सेडाइले यो सरकारले हनिमुन पनि मनाउँन नपाउँने दावी गर्नुयभयो। अब काग्रेस र एमालेको सरकार बनाएर चुनावमा जाने तयारी पनि भित्र भित्रै चर्को रुपले भइरहेको पनि उहाँले बताउनुभएको छ । अहिलको गठबन्धन सिसा चर्किए जसरी चर्किसकेको भन्दै कुनै पनि बेला फेरी टास्ँन नमिल्ने गरी ढल्ने दावी गर्नुभयो ।