जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार ०९:३१

माधव नेपाललाई राम्रो भनेकोमा अहिले ठूलो पश्चाताप भइरहेको छ : डा सुन्दरमणि दीक्षित


काठमाडौं, ८ असोज ।  काठमाडौं नागरिक समाजका अगुवा वरिष्ठ चिकित्सक डा. सुन्दरमणी दिक्षितले नेकपा एमाले विभाजन गराएर नेकपा एस बनाउँने माधव कुमार नेपालकै कारण देश बर्वादीको दिशामा गएको ठोकुवा गर्नुभएको छ ।

संचारकर्मीसंगको कुराकानीमा डा दिक्षितले कुनै समय माधव नेपाल विचार र सिद्धान्तको लागी लडेको होकि जस्तो लागेको थियो तर यो त सब पद र कुर्सीका लागी रहेको बताउनुभयो। मैलै माधव नपालले गरेको ठिक भन्ठानेको थिए ,होइन रहेछ मैलै बुझ्न सकिन मलाई पनि धिक्कार छ उहाँले भन्नुभयो । कुराकानीमा डा दिक्षितले एस पार्टीका अध्यक्ष माधव नेपाललाई एक नम्बरको लोभी , स्वार्थी र महाको षड्यन्त्रकारीको उपमा दिनुभएको छ । अहिलेको देशको यो अवस्था आउँनुको सबै दोष नै माधव नेपालको भएको डा दिक्षितले बताउनुभयो ।

आफुलाई पनि केहि समय अगाडी नेपाल सिद्धान्त र विचारकै लागी लडेको जस्तो लागेको तर अहिले आएर त्यो झुट भएको थाहा पाएको दिक्षितले बताउनुभयो । माधव नेपालले पद र कुर्सीकै लागी एमाले फुटाएको र अहिले पनि उहाँकै कारण सरकारले काम गर्न नसकेको देखी मन्त्रीपरिषद सम्म विस्तार हुन नसकेको बताउनुभयो ।

कुराकानीको क्रममा माधव नेपाल प्रति निकै आक्रोशित रुपमा प्रस्तुत भएका दिक्षितले कुनै समय आफुले पनि माधव नेपाललाई राम्रो भनेकोमा अहिले ठूलो पश्चाताप भइरहेको खुलाशा गर्नुभयो । अहिलेको सरकारलाई नालायक र निकम्मा भन्दै डा दिक्षितले यो सरकार बाट कुनै आशा नै गर्न नसकिने बताउनुभयो । यो देशमा सरकारनै छैन भन्दै दिक्षितले खोइ कहाँ छ सरकार ? भन्दै प्रश्न समेत गर्नुभयो। तुइन काटिएर नागरिकको ज्यान जाँदा बोल्न नसक्ने, इण्डीयनले नेपाली भूमीमा हेलीकप्टर उडाउँदा बोल्न नसक्ने यस्तो पनि सरकार हुन्छ ? डा दिक्षितले आक्रोश ब्यक्त गर्नुभयो ।

माधव कुमार नेपालले शेरबहादुर देउवालाई प्रयोग गरेर नेपाली काग्रेसलाई नै पत्रु बनाइसकेको भन्दै डा दिक्षितले अहिले माधव नेपालले प्रचण्ड देखी देउवा सम्मलाई षड्यन्त्र गरेर हैरान बनाइरहेको बताउनुभयो । नेपालले देउवालाई टुपीमा समातेर घुमाइरहेको दिक्षितको ठहर छ । दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री देउवाले बल्डर गरेको भन्दै डा दिक्षितले देउवाको निधारमा कहिल्यै नमेटिने कलंको टिको लागेको पनि बताउनुभयो ।

देउवाले एक पछि अर्को गल्ती गर्दै गएको भन्दै दिक्षितले उनी माथी नेपाली काग्रेसले एक्सन लिनुपर्ने दावी गर्नुभयो । काग्रेसका नेताहरुले बाहिर कराउँदै हिड्ने होइन तत्काल संसदीय दलको बैठक बसेर रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, कोइराला परिवार, गगन थापा सबै जना मिलेर देउवालाई तत्काल हटाउँनु पर्ने बताउनुभयो । यहि पाराले देउवाले देश र काग्रेस दुवै सिध्याउँने डा दिक्षितको जिकिर छ ।