जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १२:२१

अमेरिकाबाट परराष्ट्रमन्त्रीको घोषणा : एमसिसी संशोधन हुन सक्दैन, बिरोधको औचित्य छैन


न्यूयोर्क,असोज ११ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने प्रष्ट बटमलाइन बताउनु भएको छ । नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक आईपुग्नभएका परराष्ट्रमन्त्री खड्काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेकोले संशोधन हुनै नसक्ने तर्क गर्नुभएको हो ।

एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड छ, यसको प्रकिया छ नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले यो कठिन हुन्छ, मन्त्री खडकाले भन्नुभयो, ‘राष्ट्रिय सहमति अपरिहार्य हो। तर एमसिसी बारे भइरहेका अनर्गल प्रचार गलत हो ।’ एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले एमसिसी नेपालको आवश्यकता भएको अडान राख्नुभयो ।

‘एमसिसी नेपालको आवश्यकता हो। यो सवै राजनीतिक दललाई अवगत छ। बाहिर हल्ला गरेजस्तो एमसिसी होईन। तर पनि दोहोरो चरित्रले शोभा दिँदैन यो विसुद्ध अनुदान हो। न त सेना नेपाल भित्रिन्छ न त राष्ट्रियता कमजोर हुन्छ। एमसिसी विकास हो’, मन्त्री खडकाले भन्नुभयो, ‘एमसिसी र भारतको सम्बन्धलाई लिएर जुन प्रचार गरिएको त्यो झुठो हावादारी प्रचार हो। नेपालले उत्पादन गर्ने विद्युत हामीले भारतलाई बेच्ने हो। भारतलाई बेच्ने विद्युतका बारेमा दुई देश बीच कुराकानी हुनु कसरी राष्ट्रिय हितविपरित हुन्छ ?’

खडकाले एमसीसीको बिरोधको औचित्य नरहेको समेत बताउनु भयो । एमसीसीमा सत्तारुढ गठबन्धनकै नेता पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल बिपक्षमा उभिनुभएको छ ।