जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १३:१२

गुराँस लघुवित्तको लाभांश घोषणा


काठमाडौं, असोज ११ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १६.९० प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनार्थ ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ। हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँ छ। १६.९० प्रतिशतका दरले १ करोड ४१ लाख रुपैयाँबराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।