जनता टाइम्स

६ असार २०७६, शुक्रबार १३:३२

सूर्या लाइफ इन्स्योरेन्सलाई इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड


काठमाडौं, असार ६

सूर्या लाइफ इन्योरेन्स लिमिटेडले इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पाउन सफल भएको छ ।

इन्स्योरेन्स्लाई भारतीय चेम्बर अफ कमर्शले सन् १४ जुन, २०१९मा थाईल्याण्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. ले नेपालमा बीमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकोले इमेरजिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पुरस्कार दिएको हो ।

पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड पुग्नुभएको थियो ।