जनता टाइम्स

११ आश्विन २०७८, सोमबार २१:३३

कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई दराज सपिङमा बिशेष छुट


काठमाडौं, असोज ११ । कुमारी बैंकले आफ्ना डेबिट र क्रेडिट कार्ड वाहकहरूलाई विशेष छुट दिने गरी अनलाइन बजार दराजसँग सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार ग्राहकले असोज १० देखि १८ गतेसम्म सामानहरूको खरिदमा अग्रिम छुट पाउने सो बैंकले जनाएको छ ।

डेबिट कार्डमार्फत सामान खरिद गर्दा २० प्रतिशत अथवा दुई हजारसम्म छुट पाउनेछन्। त्यस्तै क्रेडिट कार्डमार्फत सामान खरिद दुई हजार पाँच सय रूपैयाँसम्म छुट पाउनेछन्। दराज अनलाइनमार्फत ग्राहकहरुले आफूलाई चाहिने सामग्री घरदैलोमा सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी पनि बैंकले दिएको छ। कुमारी बैंकका हाल १९६ शाखा, १७३ एटिएम र १३ एक्सटेनसन काउन्टर रहेका छन्।