जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार ०८:३६

सम्पादकसँग छलफल गर्दै एमाले अध्यक्ष ओली


काठमाडौँ, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्दै हुनुहुन्छ । आज (मंगलबार) अपराह्न छलफलको कार्यक्रम तय भएको हो । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलो पटक सम्पादकसँग छलफल गर्न लाग्नुभएको हो । प्रधानमन्त्री छँदा पनि ओलीले बालुवाटारमा दुई–तीन पटक सम्पादकहरूसँग छलफल गर्नुभएको थियो ।

नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन् । मिडिया सम्पादकहरूसँगको छलफल अपराह्न ४ बजेपछि हुने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिनुभयो ।