जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १५:४३

चीनमा पानी जहाज दुर्घटना, १२ को मृत्यु, कयौँ बेपत्ता


काठमाडौं, असोज १२ । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराइरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ । खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ । एजेन्सी