जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १९:३१

कांग्रेस प्रवेश गरे चर्चित कम्युनिष्ट नेता


काठमाडौं, असोज १२ । भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का नेता कन्हैया कुमार आधिकारिकरुपमा कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कनैया कुमार आज आधिकारिकरुपमा कांग्रेसमा प्रवेश गर्नुभएको हो । उहाँसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

कांग्रेसका केसी वेणुगोपाल र रणदीप सिंह सुरजेवालाको उपस्थितिमा कन्हैया कुमार र जिग्नेश मेवाणि कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार कांग्रेस पार्टीमा प्रवेश गरेसँगै कन्हैया कुमारले मुलुक बनाउने अभियानसहित सो पार्टी रोजेको बताउनु भएको छ ।

‘म कांग्रेस पार्टीमा किन प्रवेश गरिरहेको छु भने मलाई यो देशमा केही सत्तामा रहेका मानिसले मुलुकको भविष्य बिगार्ने प्रयास गरिरहेका छन् भन्ने महसुस भएको छ,’ कनैया कुमारले भन्नुभयो । कन्हैया कुमार कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणीमा बिहारका सदस्य हुनुहुन्थ्यो । सन् २०१९ को लोकसभामा उनी बेगूसरायबाट निर्वाचन लडनुभएको थियो । तर, भाजपाका उम्मेदवारसँग ठूलो अन्तरले पराजित हुनुभयो ।