जनता टाइम्स

६ असार २०७६, शुक्रबार १४:३७

लगातार बढ्दै सुनको मूल्य, एकैदिन एक हजार वृद्धि


काठमाडौं, असार ६

सुनको मूल्य लगातार बढेको छ । एकैदिनमा सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको हो। शुक्रबार छापावाला सुन एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च भएको छ ।

हिजोको तुलनामा आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ६५ हजार कायम भएको छ । बिहीबार प्रतितोला ६४ हजार थियो । बिहीबार पनि बुधबारको तुलनामा एक हजार रूपैयाँले मूल्य बढेको थियो ।