जनता टाइम्स

६ असार २०७६, शुक्रबार १५:०२

‘नेपालमा अनावश्यक मेशिन भित्राएर डम्पिङ साइट बनाउँनु हुँदैन’


बसन्त अर्याल

सन् २००६ साल देखी अटो क्षेत्रमा लागेका देवेन्द्र श्रेष्ठ २००९ सालदेखि हेवी इक्युप्मेन्टका क्षेत्रमा काम गरिरहनु भएको छ । टाटा कम्पनीबाट क्यारियर शुरु गर्नुभएको श्रेष्ठ हाल आइडीएमसीमा कार्यरत हुनुहुन्छ । भोल्भो, बतास लगायतका हेभिइक्युप्मेन्ट कम्पनीमाबाट अनुभव लिएका उहाँ आइडीएमसीमा बिजनेश हेडको भूमिका निभाइरहनु भएको छ ।

आइडीएमसी कम्पनीले एक्ससीएमजी, बोमाग ब्राण्डका इक्युप्मेन्ट बिक्री गरिरेको छ । एक्ससीएमजी चीनको सरकारी कम्पनी हो । यो कम्पनी विश्वको छैठौं ठूलो कन्सट्रक्सन इक्युप्मेन्ट कम्पनीमा पर्छ । यस कम्पनीको प्रोडक्ट रेन्ज धेरै माथि छ । स–साना पार्टस्देखि ७ सय टनसम्मको इस्काभेटर यसले बनाउँछ । उहाँले भन्नुभयो, ‘मोटर ग्रेडर, इस्काभेटर,लोडर, ड्रेलिङ मिसेन, रोड मेशिनरी, पाईलिङ मेशिनरीदेखि क्रेनलगायत थुप्रै इक्युप्मेन्ट उत्पादन गरिरहेको छ ।’ निर्माण क्षेत्रको लागि चाहिने सम्पूर्ण सामाग्री हामीसँग छन् ।
नेपालमै पनि हामीले ७५ टनको क्रेन भित्राएका छौ । ३५ टनको क्रेन नेपालमा काम गरिरहेको छ । उहाँले अरुले कम्पनीको बारेमा धेरै लुकाउने गरेको बताउँदै ‘इस्काभेटरमा मेड इन चाइना भने पनि यो जापनी प्रविधी हो । हाम्रो इक्युप्मेन्टमा भित्र के–के छ हामी बकाइदा लेखेर दिन्छौं । जस्तो हाम्रो इन्जिन त जापानमा बनेर आउँछ । मेन एग्रिगेटर जापनबाटै आउँछ ।’

चाइनाका सामाग्री कमसल हुने भन्दै प्रचार गरिरहेको उहाँले पाउनुभएको छ । तर प्रविधिमा चीनले विश्वमा प्रभाव जमाउँदै लगेको उहाँको बुझाइ छ । श्रेष्ठलाई लाग्छ, ‘मान्छेमा अझै भ्रम छ । जसले एक्ससीएमजी कम्पनीका इक्युप्मेन्ट प्रयोग गरेको छ । ती मान्छेका भ्रमबाट मुक्त भएका छन् । चाइना सरकारको आफ्नै कम्पनी भएकाले पनि यसको विश्वासनियता विश्वमा धेरै छ ।’
उहाँ भन्नुहुन्छ , ‘एकपटक ठगिनेले अर्को पटक आँखा पनि लगाउँदैनन् । हामीले आफ्नै साथिभाई ठगेर के पाउँछौं र । त्यसैले हाम्रो फोकस भनेको सर्भिस र पार्टस्मा नै हो ।’ इटहरी, विरगज, बुटवल, पोखरामा शाखा कार्यलयहरु छन् ।

एक्ससीएमजी ब्राण्ड नेपालमा भित्रिदा दुइ तीनेटा ब्राण्ड मात्र भएको उहाँलाई सम्झना छ । अहिले बजारमा करिब १४ ओटा जति इस्काभेटरका ब्राण्ड रहेका छन् । ब्याक लोडरको पनि करिब त्यस्तै छ । सबै कम्पनीले बेचिरहेका पनि छन् । अहिले कुनै कम्पनीको ९० प्रतिशत र अरुको बिक्री नै नहुने भन्ने छैन । अहिले बजारमा कसैको एकलौटी छैन । उहाँको अनुभवमा पहिला भन्दा अहिले उपभोक्ता धेरै सचेत भइसकेका छन् । बजारमा धेरै ब्राण्ड आउँदा ग्रहाकलाई फाइदा पनि भएको छ । ब्राण्ड कुनै पनि नराम्रो भन्ने हुँदैन तर कम्पनीले सर्भिस र स्पेयर्स पार्टको उपलब्ध कस्तो छ भन्नेमा भर पर्छ । कुनै पनि मेशिनरीमा कस्तो खालको कम्पोनेन्ट प्रयोग गरेको छ भन्ने मुख्य कुरा रहेको उहाँ बताउनुहुन्छ ।

उहाँको यस क्षेत्रको अनुभवले कतिपय कुरा मार्केटिङ गर्नेमा पनि भर पर्ने दर्शाउँछ । उहाँ कुनै मार्केटिङको व्यक्तिले मेशिनको बारेमा सही जानकारी नदिँदा क्रेता भुक्किन्छन् । ‘ढुङ्गा काट्ने मेशिन चाहिएको मान्छेलाई माटो काट्ने मेशिन बेच्नु पनि भएन । उस्तै मेशिन भनेर हुँदैन फिचर फरक–फरक हुन्छ,’

चाइनिज ब्राण्ड एक्ससीएमजी नेपालमा स्थापना गरेको आइडिएमसीले हो । ‘नेपालमा यस कम्पनीको मोटर ग्रेडर जुन बाटोको कन्सट्रक्सनमा प्रयोग हुन्छ । ठूला लोडर जुन हाइड्रो पावरको आयोजनामा बढी प्रयोग हुन्छ । दुई वर्षको अवधिमा करिब साढे दुई सय भन्दा बढी बिक्री गरिसकेको छ । नेपालमा एकदमै कम बिक्री हुने ठुला–ठुला क्रेन पनि बजारमा पठाएका छौं,’ उहाँले भन्नुभयो ।
नेपाली हेविइक्युप्मेन्ट बजारको करिब १० प्रतिशत बजार एक्ससीएमजीले ओगटेको छ । नेपाली बजार पूरै अप एण्ड डाउन भइरहेको छ । कुनै वर्ष ३ हजार हेविइक्युप्मेन्ट बिक्रि भएको छ भने कुनै वर्ष दुई हजार मात्र बिक्री भएको छ । ब्याक लोडर मात्र नेपालमा करिब २५ सयको हाराहारी भित्रने गरेको छ । इक्काभेटर नेपालमा वर्षको १५ सय आसपास भित्रने गरेको तथ्याङ्कले देखाउने गरेको छ । ‘यो वर्ष एकदक कम भित्रिएका छन् । यसको कारण मार्केटमा क्यास फ्लो कम हुनु हो । ठेकेदारले पैसा पाउनु भएको छैन । ठेकेदारले पैसा नपाएपछि इक्युप्मेन्ट कसरी बिक्री हुन्छ र ? तैपनि हामी १० प्रतिशत बजार ओगटेकै छौ । यो वर्ष २० प्रतिशत बजार ओगट्ने प्रयासमा छौं ।’

उहाँ एक्ससीएमजी इक्युप्मेन्टका स्पेयर पार्टस् सजिलै उपलब्ध रहेको बताउनुहुन्छ । ‘१५ मेशिन बराबर एकजना मेकानिक कम्पनीका रहेका छन् । ती मेकानिक नेपालको सबै ठाउँमा उपलब्ध छन् । स्पेयर पार्टस् सबै शाखामा पाइन्छन् । कुनै सर्भिस चाहिएमा एकदिन भित्र हामिले उपलब्ध गराउन सक्छौं,’

हेविइक्युप्मेन्ट खरिदकर्ताको लागि बैंकले पनि सहज रुपमा ऋण उपलब्ध गराउने गरेको छ । ‘एक्ससीएमजी ब्राण्डमा बैंकले पत्याएका छन् । कुनै ब्राण्डलाई बैंकको ऋण पनि गाह्रो छ तर हामीलाई छैन।’

अहिले हेविइक्युप्मेन्ट भाडामा दिनेहरुलाई गाह्रो भइरहेको उहाँको बुझाई छ । ठूला निर्माण व्यवसायीहरुले आफंैले मेशिन खरिद गर्ने प्रचलन बढेको छ । नेपालमा हेविइक्युप्मेन्टको माग बढ्दै गइरहेको छ । विगत केही महिना केहि सुस्त देखिएपनि समग्रमा हेर्दा ठुला आयोजनाको निर्माण प्रक्रियामा रहँदा अझै डिमाण्ड बढ्ने देखिन्छ । ‘हेविइक्युम्पेन्ट बिना कुनै पनि विकास संभव छैन । कुटो र कोदालोको जमाना गइसक्यो । नेपालमा हेविइक्युप्मेन्टको बजार किन पनि छ भने एक पटक ल्याएको मेशिन सधै काम लाग्छ भन्ने हुँदैन । जस्तो इस्काभेटरको लाईफ १० वर्षको हुन्छ । अहिले पनि नेपालमा धेरै मेशिन रहेको तथ्याङ्कमा देखिन्छ तर सबै मेशिन चलिरहेको हुँदैन ।’

हेविइक्युप्मेन्टमा नेपाल सरकारले विशेष सहुलियत दिएको छ । सरकारले जम्मा ४ प्रतिशतमात्र भन्सार लिएको छ । यसले विकास निर्माणको कार्यमा सहयोग पुगेको छ ।
उहाँ चीनमा विकास भएको सबै बाहिरबाट हेविइक्युप्मेन्ट ल्याएर नभई एक्ससीएमजी जस्ता सरकारी कम्पनीले उत्पादन गरेका मेशिनहरुबाट भएको बताउनुहुन्छ । ‘चिनका ठुल–ठुला आयोजनामा प्रयोग हुने एक्ससीएमजीका मेशिनले नेपालमा काम गर्न सक्दैनन् भन्ने त हुँदैन । ग्रहाकले कुनै पनि मेशिन किन्नु पर्दा सबै भन्दा पहिला यसको सर्भिसिङ पाटो कस्तो छ । स्पेयर पार्टस् उपलब्धता कस्तो छ भन्ने ख्याल गर्नुपर्छ । आफूलाई कुन मेशिन चाहिएको हो पहिला स्पष्ट हुनुपर्छ । नेपाल सरकारले पनि नेपालमा प्रयोग नहुने मेशिन ल्याउन दिनु हुँदैन । नभए नेपाल डम्पिङ साइट बन्न सक्छ,’ उहाँले भन्नुभयो ।

नेपालीहरुमा चीनमा बनेको सामान हतपत्त विश्वास नगर्ने सोचाइमा समस्या रहेको उहाँको बुझाइ छ । उहाँ स्पष्ट पार्दै भन्नुभयो ‘चाइनाको विकास त्यही मेशिनबाट भयो तर नेपालीले प्रयोग गर्न डराउँछन् । तर विस्तारै हाम्रो मेशिनको प्रयोगले बल्ल सोचाईमा परिवर्तन ल्याउँदै छ । एक्ससीएमजीका गुणस्तर युक्त मेशिनले चाइनिज सामग्री पनि राम्रा रहेछन् भन्ने प्रमाणित गरिरहेको छ ।’