लमजुङ, असोज १३ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउनुपर्ने बताउनु भएको छ ।
लमजुङको सदरमुकाम बेँसीशहरमा आज आयोजना गरिएको जसपाको संगठन सुदृढीकरण जनजागरण अभियानलाई सम्बोधन गर्दै भट्टराईले एमसीसीमा राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताउनु भयो ।
भट्टराईले एमसीसी जस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको समेत बताउनुभयो । ‘एमसीसीको विषय अहिले पेचिलो रूपमा उठेको छ, यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ,’ भट्टराईले भन्नुभयो । उहाँले एमसीसीको बिरोध गर्नेहरु बिकासबिरोधीको संज्ञासमेत दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्