काठमाडौं, असोज १४ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको हो । आज छापावाल सुन प्रति १० ग्राम ७६ हजार ४५ रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला ८८ हजार २५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी प्रति १० ग्राम ७५ हजार ६६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर एक हजार १२० रुपैयाँ कायम भएको छ। हिजो बुधबार एक हजार १५५ रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै, प्रति १० ग्राम ९६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्