जनता टाइम्स

१५ आश्विन २०७८, शुक्रबार १२:३६

कुमारी बैंकका ग्राहकलाई सारथि होटेलमा विशेष छुट


काठमाडौं, असोज १५ । कुमारी बैंक लिमिटेड र काभ्रेको धुलिखेलस्थित एक प्रसिद्ध होटेल, सारथि होटेल प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहक वर्गले सोही होटेल अन्तर्गतका विभिन्न खानपिन लगायतमा १०% देखि १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । सो सम्झौता पत्रमा कुमारी बैंक लि. बनेपा शाखाकी शाखा प्रबन्धक नवीना बैद्यले तथा सारथि होटेलका तर्फबाट प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ ।

जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा उर्जा पूणर्जागरणका लागी विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र दैनिक जीवनको कार्य व्यस्तताबाट राहतको लागि सो होटेलको बसाई सेवाग्राहीका लागि लाभदायक हुनेमा विश्वस्त रही कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत सारथि होटेलको विभिन्न सेवाहरुमा बैंकको डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ । बैंकले १९६ शाखा सञ्जाल, १६५ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।