जनता टाइम्स

१५ आश्विन २०७८, शुक्रबार १९:०२

उत्तर कोरियाले फेरि गर्यो मिसाइल परीक्षण, सातामै दुई मिसाइल परीक्षण


काठमाडौं, असोज १५ । उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ। कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार नयाँ बनाइएको एन्टीएयरक्राफ्ट मिसाइलको हिजै परीक्षण गरिएको हो । यो सातामात्रै उत्तर कोरियाले दुई पटक मिसाइल परीक्षण गरिसकेको छ। गत बुधबार उत्तर कोरियाले आफूले हाइपरसोनिक मिसाइल परीक्षण गरेको जनाएको थियो। द न्युयोर्क टाइम्सका अनुसार यो वर्षमात्रै उत्तर कोरियाले सात पटक मिसाइल परीक्षण गरिसकेको छ।

हिजो परीक्षण गरिएको मिसाइल दूरी, गतिका हिसाबले पहिलेका मिसाइलभन्दा निकै प्रभावकारी रहेको उल्लेख गरेको छ। उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिणसँगको हटलाइन टेलिफोन सेवा फेरि सञ्चालन गर्न तयार रहेको बताएका बेला उत्तर कोरियाले पछिल्लो मिसाइल परीक्षण गरेको हो । दक्षिण कोरियाको सरकारले उत्तरले गरिरहेको मिसाइल परीक्षणबारे सार्वजनिक प्रतिक्रिया दिइसकेको छैन । एजेन्सी