काठमाडौं, असोज १६ । सामाजिक सञ्जालमा निकै सक्रिय पूर्वसचिव भीम उपाध्यायले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिनु भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको बिशेष योजनाअनुसार चल्ने पूर्वसचिव उपाध्यायले कुलमानले दण्डनीय अपराध गरेको भन्दै सामाजिक सञ्जालबाटै कार्वाहीको माग गर्नुभएको छ । प्राधिकरणले इन्टरनेट प्रदायक संस्थाले शुल्क नतिरेको भन्दै इन्टरनेट बन्द गराएपछि उपाध्यायले यस्तो बताउनु भएको हो ।
‘ईन्टरनेट अत्यावश्यक सेवा हो, यसमा अवरोध गर्नु मानव अधिकार र संविधान कानुनको घोर उलंघन हो। मुद्दा मामला गरेर लिनुदिनु जो जे गर्नु गरे हुन्छ तर जनताको आधारभूत अत्यावश्यक अधिकार कुंठित गर्न कुनै हालतमा कसैले पनि पाउदैन। यसो गर्नु दण्डनीय हुन्छ,’ उपाध्यायले भन्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्