काठमाडौं, असोज १७ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अव बिगतमा जसरी नै बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई चेतावनी दिनुभएको छ ।
बिधान महाधिवेशनको समापन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनका केही नेताहरु बिगतमा जस्तै धाँधली गरेर चुनाव जित्ने योजना बनाइरहेको भन्दै ती सवै योजनालाई एमालेले जस्ताको तस्तै जवाफ दिएर बिफल पार्ने घोषणा गर्नुभयो ।
‘जसरी हुन्छ, कब्जा गरेर, मतपत्र च्यातेर हुन्छ कि बत्ति निभाएर हुन्छ चुनाव जित्ने भनिरहेका छन, त्यही योजनामा छन कतिपय दलहरु, तर म सुन्ने गरी भन्न चाहन्छु, अव बिगतमा जस्तो बत्ति निभाएर अनि मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ, एमालेले बिफल बनाइ दिन्छ,’ ओलीले भन्नुभयो । उहाँले धाँधली गर्न आउनेलाई एमालेले जस्ताको तस्तै जवाफ दिने घोषणा पनि गर्नुभयो ।
‘एमाले निहुँ खोज्न जाँदैन, निहुँ खोजेर आउनेलाई बाँकी राख्दैन, जस्ताको तस्तै जवाफ दिन्छ,’ ओलीले भन्नुभयो, ‘हामी अन्याय गर्दैनौं, अन्यायका अगाडि झुक्दा पनि झुक्दैनौं अव गुण्डागर्दी गरेर जित्छौं भन्ने ठानेको हो भने त्यो एमालेले पूरा हुन दिन्न । सवै तयारी गर्नेछ ।’ उहाँले अहिलेबाट स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनको तयारी अघि बढाउनु पर्ने भन्दै देशैभरका पालिका तहका नेता कार्यकर्ताको ध्यानाकर्षण पनि गराउनु भयो । ‘अव बिलम्ब नगरी अधिवेशनहरु गर्नुपर्छ, उम्मेद्वार छनोटका काम अघि बढाउनु पर्छ,’ अध्यक्ष ओलीको भनाई थियो ।














प्रतिक्रिया दिनुहोस्