जनता टाइम्स

१७ आश्विन २०७८, आईतवार १८:०६

साहस उर्जाको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल


काठमाडौं, असोज १७ । साहस उर्जा लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयर सम्बन्धीत सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । आज साहस उर्जा र एनआईबिएल एस क्यापिटल विच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको र सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाइएको छ ।

उक्त सम्झौतामा साहस उर्जा लिमिटेडबाट प्रबन्ध संचालक शुसिल थापा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । साहस उर्जा लिमिटेड वि.सं.२०७० माघ १९ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित भई वि.सं.२०७१ भाद्र २९ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरित भएको थियो । कम्पनीले निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ।