जनता टाइम्स

१७ आश्विन २०७८, आईतवार १८:३९

पैसा लिदै गर्दा यातायात कार्यालय एकान्तकुनाबाट समातीय दुई बिचौलिया


ललितपुर, असोज १७ । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई जना विचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर १४, नख्खीपोट बस्ने वर्ष ३० को सुमन तामाङ र ललितपुर १३, कुसुन्ती बस्ने वर्ष २३ को सुरज गुप्ता रहेका छन् ।

लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाई दिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने तामाङ र गुप्तालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरि लिदै गरेको अबस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिनुभयो। महाशाखाको पीडित सहायता कक्षबाटसादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ। पक्राउ व्यक्तिहरूलाईमहानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।