काठमाडौं, असोज १७ । नेकपा एमालेको प्रथम विधान महाधिवेशनबाट दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने निष्कर्ष निकालेको छ । शुक्रबारबाट सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनको समापनसँगै दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गरेको हो । एमालेको महाधिवेशन मंसिर तेस्रो साता तोकिएको छ ।
गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गर्नुभएको हो । अबको एमालेको अभियान सबै तहका अधिवेशनहरु सम्पन्न गरेर दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने र आगामी तीनै तहका निर्वाचनमा पार्टीको बहुमत ल्याउनेमा केन्द्रित रहने निर्णय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्