जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार ०९:०३

प्रियंका गान्धी हिरासतमा


नयाँदिल्ली, असोज १८ । उत्तर प्रदेशको लखिमपुर खिरी जाँदै गरेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई सितापुरमा हिरासतमा लिइएको छ । राज्यका कांग्रेस नेता अजय कुमार लल्लुले प्रियंकालाई हिरासतमा लिएको जानकारी दिएका छन् । गान्धी लखिमपुर खिरीमा किसानको हत्या गरिएको घटनामा सहभागी हुन त्यतातर्फ जाँदै थिइन् ।

यस्तै बहुमजन समाज पार्टीका नेता सतिशचन्द्र मिश्रले आफूलाई लखिमपुर खिरी जान रोक लगाएको जानकारी दिएका छन् । युपीका पूर्वमुख्यमन्त्री अखिलेश यादवलाई पनि सो स्थानमा जान रोक लगाइएको छ । लखिमपुर खिरीमा प्रदर्शनकारी किसानको मृत्युको विषयमा सोमबार बिहानै पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनका क्रममा किसान नेताले केन्द्रीय राज्यमन्त्री अजय कुमार मिश्रा टेनीका छोराले किसानमाथि गोली हानेको दाबी गरिएको छ ।

भारतीय किसान युनियनका नेता राकेश टिकैतले पत्रकार सम्मेलनमा मन्त्री मिश्रालाई बर्खास्त गर्न, उनका छोरालाई गिरफ्तार गर्न र मृतकका परिवारलाई १–१ करोड क्षतिपूर्ति दिन माग गरेका छन् ।