जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार १३:४१

इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, यस्तो छ वितरण गर्ने मूल्य रकम ?


काठमाडौं, असोज १८ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको ११.२४ प्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८ सय ३६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि ४.७६ प्रतिशतले हुन आउने ७७ करोड ३८ लाख ४८ हजार ८ सय ८४ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार रहेको छ ।