जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार १४:०२

प्रधानन्यायाधिसलाई सर्वोच्च बारको चेतावनी


काठमाडौं, असोज १८ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वाेच्च बारले चेतावनी दिएको छ । गठबन्धनको सरकारमा प्रधानन्यायाधिसले मन्त्रीको केही थान मागेको भन्दै सर्वोच्च बारले चेतावनी दिएको हो । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज विहान प्रधानन्यायाधीश जबरालाई भेटेर मन्त्रिमण्डलमा भागवण्डाबारे जिज्ञासा राख्नुभएको थियो ।

यता सर्वोच्च अदालत बार एशोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल भागवण्डामा आफ्नो कुनै भूमिका नरहेको बताउनुभयो । उहाँले आफूले मन्त्रिमण्डलमा भाग नमागेको भन्दै पन्छिनुभएको हो ।

धानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै शाक्यले भन्नुभयो, ‘उहाँले मैले यस्तो काम गरेको छैन । अहिलेसम्म संविधान र न्यायापालिकाको मैले बचाउ नै गरेको हो । यसमा असर पर्ने कामहरु गरेको छैन । मन्त्रिमण्डलमा को राख्ने/नराख्ने प्रधानमन्त्रीको जिम्मेवारीको कुरा हो । मेरो कुनै भूमिका हुँदैन । मैले केही भनेको पनि छैन ।’ आफूहरुले त्यहीँ किसिमको स्टेटमेन्ट आउनुपर्ने सुझाव दिएको शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘औपचारिक वक्तव्य आएपछि हामी थप अगाडि बढ्छौं ।’