जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार १४:२३

सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, असोज १८ । आज सुनको भाउ स्थिर छ । आइतबार कायम भएको सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ । हिजो तोलाको ८९ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि आज तोलाको ८९ हजार ३५० रुपैयाँमा किनबेच भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलाको ११ सय ६० रुपैयाँमा स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ६०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।