काठमाडौं, असोज १९ । एनआईसी एसिया लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५.४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ ।













प्रतिक्रिया दिनुहोस्