जनता टाइम्स

१९ आश्विन २०७८, मंगलवार १६:०४

एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा पल शाह नियुक्त


काठमाडौं, असोज १९ । एनएमबि बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने शाहले बताउनुभयो । बैंकले १८१ शाखा, १३७ एटीएम, नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाइएको छ ।