जनता टाइम्स

२० आश्विन २०७८, बुधबार ११:२९

सुनको मूल्य सस्तियो, चाँदीको भाउ स्थिर


काठमाडौं, असोज २० । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७६ हजार ६९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बुधबार पनि चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार १६० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम ९९४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।