जनकपुर, असोज २० । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जीतेन्द्र सोनलले भ्रष्टाचार छानबिन गर्दा संघीयता धरापमा नपर्ने भन्दै प्रद्येश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कडा जवाफ फर्काउनु भएको छ । प्रदेशसभाको आजको बैठकमा बोल्दै नेता सोनलले भ्रष्टाचार छानविनका लागि अख्तियारले छापा मार्दैमा संघीयता समाप्त नहुने प्रष्ट पार्नुभएको हो ।
साइकल खरिदमा भएको भ्रष्टाचारको छानविनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारी आवश्यक कागजात नियन्त्रणमा लिएपछि प्रदेश २ का मुख्यमन्त्री लराउत र उहाँको दलले संघीयता समाप्त पार्न योजना भन्दै आपत्ति जनाएको थियो । भ्रष्टाचारलाई सघीयताको आवरणमा छोप्न खोजेको भन्दै आजको बैठकमा नेता सोनलले कडा प्रतिवाद गर्नुभयो ।
आजको प्रदेशसभामा बैठकमा मुख्यमन्त्री लालबाबु राउतमाथि प्रश्न गर्दै नेता सोनलले भन्न्ुभयो, ‘अख्तियारले सुरु गरेको छानबिन प्रभावित पार्न संघीयता समाप्त पार्ने षड्यन्त्र भयो भनेर अफबाह नफैलाउनुस् । भ्रष्टाचार छानबिन गर्दा कसरी संघीयता धरापमा पर्छ ?’
उहाँले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तरगत साइकल खरिदमा भ्रष्टाचार भएको छैन भने प्रदेश मामिला समितिलाई कागजात दिन किन आनाकानी गरेको भन्दै थप प्रश्न पनि गर्नुभयो । समितिले पटक पटक कागजात मागे पनि मुख्यमन्त्री राउतले थाहा नभएको जस्तो गरेकोमा उहाँको भनाई छ । लोसपा संसदीय दलका नेता सोनलले साइकल खरिदमा भ्रष्टाचार भएको जिकिर गर्दै अख्तियारलाई छानबिनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री राउतलाई सुझाव दिनुभयो ।












प्रतिक्रिया दिनुहोस्