जनता टाइम्स

२० आश्विन २०७८, बुधबार १५:५६

दिल्लीमा आकाशे पुलमूनि जहाज अडकिएपछि (भिडियोसहित)


नयाँदिल्ली (भारत), असोज २० । भारतीय सञ्चारमाध्यमका अनुसार जहाज अड्किएको भिडिओ पत्रकार अशोक राजले केही दिनअघि आफ्नो ट्वीटरमा राख्नुभएको थियो । उक्त भिडिओ ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सडकको भएको बताइएको छ ।

जहाजको आधा भाग पुलभन्दा अगाडि गएको छ भने पखेटा हुने ठाउँनिर पुलमूनि अड्किएको छ । जहाजमा पखेटा भने छैनन । रातिको समयमा लिइएको भिडिओमा सडकमा गाडीहरू गुडिरहेको देखिन्छ ।

भिडिओ सार्वजनिक भएर भाइरल बनेपछि एयर इन्डियाले उक्त जहाज आफूहरूले बेचिसकेको बताएको पत्रकार राजले जनाउनु भएको छ । ‘उक्त जहाज कवाडीमा बेचिएको हो । किन्ने मान्छेले राति त्यसलाई लिएर गएका हुन । जहाजलाई के भयो भन्नेबारे एयर इन्डियाको कुनै सम्बन्ध छैन,’ एयर इन्डियाको विज्ञप्ति नै जारी गरेर भनेको छ ।