न्युयोर्क, असोज २१ । एकअर्काप्रति आरोप प्रत्यारोपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । अमेरिकी अधिकारीहरुले दुई देशका नेताबीच यसै वर्षको अन्त्यमा भर्चुअल वैठक हुने जनाएका हुन । ताइवानबारे दुई देशबीच तनाब बढिरहेकै बेला बाइडेन र सीबीच वार्ता हुन लागेको हो ।
भर्चुअल वैठक बस्ने विषयमा दुई देशका नेताबीच सहमति बनेको ह्वाईटहाउसका अधिकारीले बताएका छन । राष्ट्रपति बाइडेनले ताइवानका विषयमा आफूले राष्ट्रपति सीसँग छलफल गरेको बताइसकेका छन । हालै मात्र ताइवानको सुरक्षा क्षेत्रमा चिनियाँ सेनाको दर्जनौं विमान उडेका थिए । ‘ताईवानवारे मैले राष्ट्रपति सीसँग छलफल गरेको छु,’ बाइडेनले भन्नुभयो, ‘हामी ताइवान सम्झौताप्रति प्रतिबद्ध छौं ।’
ताइवानले आफ्नो सुरक्षा क्षेत्रमा १५० चिनियाँ जहाजले ताइवानी हवाई क्षेत्रको अतिक्रमण गरेको बताउँदै आएको छ । ताइवानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा ती जहाज उडाइएका थिए । ताइवानलाई बेइजिङले छुट्टिएर बसेको आफ्नै प्रान्त मान्छ । तर, ताइवानले आफूलाई सार्वभौम राष्ट्र ठान्छ । ताइवानको सुरक्षा क्षेत्रमा चीनको अतिक्रमणको अमेरिकाले बिरोध गरेको छ ।












प्रतिक्रिया दिनुहोस्