जनता टाइम्स

२१ आश्विन २०७८, बिहीबार १६:०४

बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको भाउ ?


काठमाडौं, २१ असोज । साताको पाँचौं कारोबार आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । महासंघले आज सुनको भाउ तोलाको ९० हजार चार सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ कायम गरिएको छ । बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, तेजावी सुन ८९ हजार ४५० रुपैयाँ र चाँदी तोलाको एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।