जनता टाइम्स

२१ आश्विन २०७८, बिहीबार १६:१२

पूजाआजा गर्ने क्रममा आगलागी


जुम्ला, २१ असोज । जुम्लाको तोतोपानी गाउँपालिका-५ स्थित एक घरमा आग्लागी हुँदा एक घरमा क्षेती भएको छ । माधवप्रसाद चौलागाईंको तिनतलाको घरमा आगलागी भएको हो ।

आज बिहान घरमा पूजा गर्ने क्रममा बालेको दियोबाट आग्लागी भएको हुन सक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताउनुभयो । आगलागीबाट लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ