जनता टाइम्स

२३ आश्विन २०७८, शनिबार १२:३६

माधवको मुखुण्डो च्यातियो, बाहिरियो पैसामा मन्त्री बेचेको तथ्य


काठमाडौं, असोज २३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पैसामा मन्त्री बिक्रि गरेको खुलासा भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालाई समेत सत्ता गठबन्धनमा सहभागी गराई मन्त्री नियुक्त गरेर आफू नेतृत्वको सरकारलाई पूर्णता दिएलगत्तै माधवले पैसामा मन्त्री बेचेको तथ्य बाहिर आएको हो ।

लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आउनुभएका र पार्टी बिभाजनमा निर्णायक भुमिका खेल्नुभएका सांसद मेटमणि चौधरीले नै माधवले पैसामा मन्त्री बिक्रि गरेको खुलासा गर्नुभएको हो । एमाले बिभाजन गरी नेकपा एकीकृत समाजवादी गठनमा सुरुदेखि नै लाग्नुभएका नेता चौधरीले आफू मन्त्री छनोटमा परेका भन्दा योग्य र बरिष्ठतम रहे पनि पैसाकै कारण अन्तिम समयमा आफ्नो नाम काटिएको बताउनुभयो । चौधरीले निकै भावक हुँदै एक टेलिभिजन अन्तर्वातामा मन्त्री बन्न पैसा चाहिने रहेछ, त्यो मसँग थिएन भन्दै माधवको मुखुण्डो उदांगो बनाउनु भएको छ ।

चौधरीको यो भनाईले मन्त्री छनोटमा माधवले पैसालाई प्राथमिकता दिएपछि पैसा बुझाउने र सरकारमा गएर पैसा उठाउन सक्नेलाई मात्रै पठाइएको भित्री तथ्य पनि बाहिर आएको छ । नेकपा एकीकृतले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा केन्द्रीय सदस्इ बिरोध खतिवडाको नेतृत्वमा चार मन्त्री र एक राज्यमन्त्री पठाएको छ । मन्त्री हुनेमा केन्द्रीय सदस्य बिरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, प्रेमकुमार आले पर्यटन, रामुकमारी झाँक्री शहरी बिकाश, किशान श्रेष्ठ श्रम र भवानी खापु लाई स्वास्थ्य राज्यमन्त्री पठाएको छ । तात्कालिन एमालेको केन्द्रीय कमिटीमै रहनुभएका चौधरी भने उहाँहरुको सामू पैसा नभएकै कारण योग्य हुनुभएन ।

यो तथ्यलाई चौधरीले खोल्नुभएको छ, मन्त्री हुन त पैसा चाहिने रहेछ, जो मसँग थिएन । उहाँको भनाईले माधवले पैसामा मन्त्री बिक्रि गरेको प्रष्टै हुन्छ । यो प्रकरणले माधव नेपाल पैसाका लागि जे पनि गर्न पछि पर्नुहुन्न भन्ने लुकेको तथ्यलाई पनि बाहिर ल्याएको छ । एमाले महासचिव हुँदा माधवले भित्री बस्त्रको खरिदको बिलको समेत पार्टीबाट भुक्तानी लिने गरेको तथ्य थाह पाउने एमाले नेताहरुलाई त कतिसम्मको द्रब्य पिचास हुनुहुन्छ भन्नेथाह होला । आम जनतामा भने यो घटनाले माधव नांगेझार हुनुभएको छ ।