काठमाडौं, असोज २५ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्री बनेको चार दिनमै श्रेष्ठले आफ्नो अर्वाैंको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मन्त्री श्रेष्ठले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले सर्वाजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको खुलाएका छन् । काठमाडौँ महानगरपालिका वडा ९ मा कित्ता नम्बर ११४, ०-८-०-० क्षेत्रमा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ । त्यस्तै, काठमाडौँ महानगरपालिका वडा नम्बर ३ मा कित्ता नम्बर १ सय आठ, ४२९.१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौं महानगरपालिका वडा १ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०-८-३-३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ ।
उहाँले आफ्नो दुई घर रहेको उल्लेख गर्नुभएको छ । काठमाडौँ महानगरपालिका ३ मा साढे दुई तलाको घर र काठमाडौँ महानगरपालिका ९ धापासीमा ७ तालको व्यवसायिक घर रहेको जनाएका छन् । उनले सेयर विवरणमा आफ्नो विभिन्न कम्पनीमा सेयर लगानी रहेको जनाएका छन् । २ करोड १७ लाख २४ हजार ४ सय मूल्य बराबरको सेयर लगानी रहेको उल्लेख गरेका छन् ।
त्यस्तै, उनले २० वटा व्यावसायिक कम्पनीहरुमा १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेका उल्लेख छ । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवराण्मा जम्मा ९ करोड ६९ लाख ७३ हजार ५० मुल्यबराबरको रहेको श्रेष्ठले सम्पत्ति विवरणमा खुलाउनु भएको छ ।
त्यस्तै, गरगहनामा विवरणमा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको खुलाएका छन् । त्यस्तै उहाँले बैंक खाता विवराणमा आठ वटा बैंकमा आफ्नो पैसा रहेको खुलाउनु भएको छ । उहाँले प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बंगलादेश बैंकमा आफ्नो बैक खाता रहेको जनाउनु भएको छ । यस्तै श्रीमतीको नाममा भने ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको जनाउनुभएको छ । तर, बैंकमा कति पैसा छ भन्ने कुरा भने लुकाउनु भएको छ ।

त्यस्तै श्रेष्ठले लिएको ऋण विवरण पनि खुलाएका छन् । उहाँले ग्लोबल आइएमईबाट ४ करोड ९७ लाख ७४ हजार ३ सय ७९ रुपैयाँ ऋण लिएको जनाउनु भएको छ । त्यस्तै उहाँले विदेशबाट सापटी लिएको ५२ लाख ७२ हजार ९ सय ५७ रुपैयाँ १५ पैसा, किसान हार्डवेयरबा २ करोड ५० लाख, नेपाल बंगलादेश बैंक लिमिटेडबाट ५० लाख र आइएमइ कोअपरेटिभ कान्तिपथबाट ६ करोड लिएको उल्लेख गर्नुभएको छ ।
त्यस्तै सवारी साधन विवरणमा उनले आफ्नो चार वटा सवारी साधन रहेको बिवरणमा उल्लेख छ ।
सार्वजनिक गरेको सवारीसाधन विवरणमा मन्त्री श्रेष्ठले आफ्नो नामममा रहेको ४८ लाखको ल्याण्क्रुजर टोयटा प्राडो, ५२ लाख ५६ हजारको मोडल टोयटा आरएभि(४, ३७ लाख मूल्यको निशान र ९५ लाख टोयटा हाइलक्स रहेको उल्लेख छ । यसैगरी अन्य सम्पत्ति विवरणमा टिभी एक थान, दराज १, कम्युटर १, ल्यापटप १, टेबल १, फ्रिज १, एसि १, सोफासेट १, रोलेक्श घडी २, मोबाइल सेट १, डायनिङ टेबल १ रहेको उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्