जनता टाइम्स

८ असार २०७६, आईतवार १६:१५

नेपाल रत्न तथा आभुषण संघ १५ औं वार्षिक साधरण सभा सम्पन्न


काठमाडौं, असार ८

नेपाल रत्न तथा आभुषण संघ १५ औं वार्षिक साधरण सभा सम्पन्न गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै आभुषणको सम्बन्ध सौन्दर्यसंग मात्र नभई अर्थशास्त्रसंग जोडिएको बताउनु भएको छ । उहाँले सुन, चाँदी, हिरा, मोती जस्ता वस्तुहरुको किनबेच, आयत निर्यातले नेपालको अर्थतन्त्रमा ठुलो भरथेग गरेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आभुषणसंगै जोडिएर आउने मानवीय पक्ष कलाकारिता भएको बताउनु भएको छ । जतिसुकै राम्रो आभुषण भए पनि त्यसमा राम्रो शिल्पीको सीप प्रयोग भएन भने आभुषणले सौन्दर्य दिन नसक्ने बताउनु भएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरन्जीबि नेपालले शुभकामना दिदै सुनचाँदी रत्न तथा आभूषण ब्यवसाय नेपाली परम्परागत व्यवसाय भए तापनि यसलाई आधुनिकिकरण गर्दै निर्यात प्रर्वद्धन र रोजगारी सिर्जनामा समेत थप योगदान दिन सक्ने तुल्याउनु आजको आवश्यकता रहेको बताउनु भएको छ ।


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संघमा आवद्ध सम्पूर्ण उद्यमी व्यवसायीलाई शुभकामना दिदै यो व्यवसाय मौलिक संस्कृतीक धरोहरको रुपमा रहेको बताउनु भएको छ । उहाँले नेपाली गरगहना व्यवसायले मुलुकको आर्थिक सामाजिक, सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्नुभयो ।

नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले डेढ दशकको अवधि पार गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नेपालको परम्परा, संस्कृतिको पहिचान मात्र नभएर आज सुन, चाँदि तथा आभुषण व्यवसाय देशकै ठुलो औद्योगिक तथा व्यवसायिक र रोजगार प्रदान गर्ने क्षेत्र भएको बताउनु भएको छ ।

संघलाई नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेश काजी श्रेष्ठ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनलगाएत विभिन्न उद्यमी व्यवसायीले पनि शुभकामना दिनुभएको छ ।