जनता टाइम्स

२८ आश्विन २०७८, बिहीबार १०:०६

न्यायाधीश हरि फुयाँलको दशैं योजना : घरमै बस्ने र विभिन्न फैसलाको लेखन कार्य गर्ने


मेरो दशैँ योजना घरमै बस्ने, पुस्तक पढ्ने छ । टीका आमाबाट थाप्छु । शुभचिन्तक र घरपरिवारका सदस्यलाई टीका लगाइदिन्छु । पुस्तक पढ्नुका साथै विभिन्न फैसलाहरुको लेखन कार्य गर्ने भन्ने छ ।

यसपालि पारिवारिक घुमघाम छैन । दशैँ तिहारजस्ता चाडपर्व परिवारसँग मिलन, आशिर्वाद लिने, धार्मिक, सांस्कृतिक हिसाबले पूजापाठ गर्नेहो । त्यहीँ हिसाबले लिनुपर्छ ।