जनता टाइम्स

२८ आश्विन २०७८, बिहीबार २१:४८

विजया दशमीको दिनमा ग्लोबल आइएमई बैंकको क्यासब्याक योजना



काठमाडौं, असोज २८ । ग्लोबल आइएमई बैंक लिमिटेडले दशैँ क्यासब्याक योजना ल्याएको छ । नेपालीहरुको महान चाड विजया दशमी २०७८ को शुभकामना व्यक्त गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरुका निमित्त दशैं क्यासब्याक योजना ल्याएको हो ।

यस क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनमार्फत दक्षिणा दिन असोज २९ गते विजया दशमीका दिन बिहान १० बजेदेखि दिनको १ बजेसम्म “DASHAIN DAKSHINA” लेखी ब्यालेन्स ट्रान्सफर गर्दा रु ५० क्यासब्याक पाउने बैंकले जनाएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी सो बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।