जनता टाइम्स

२९ आश्विन २०७८, शुक्रबार १३:५४

पत्नी आरजुबाट प्रधानमन्त्री देउवाले लगाउनु भयो टीका


काठमाडौं, असोज २९ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण गर्नुभएको छ ।
पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमै प्रधानमन्त्री देउवाले परिवारका सदस्यहरूलाई टीका लगाइदिनु भएको छ ।

प्रधानमन्त्री देउवाले पत्नी आरजु, छोरा जयवीर तथा भतिजहरू भानु र प्रकाशलाई टीका लगाइदिनुभयो भने आफूले पत्नी आरजुबाट टीका ग्रहण गर्नुभएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका बुबाआमाको निधन भइसकेको छ ।