जनता टाइम्स

३० आश्विन २०७८, शनिबार ११:१५

किम फेरि सञ्चार माध्यममा चर्चामा : माथि सुट–पाइन्ट तल चप्पल


प्योङयाङ, ३१ असोज । अस्वभाविक अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने उत्तर कोरियाली नेता किम जोङ उहाँ फेरि सञ्चार माध्यममा चर्चामा आउनुभएको छ । यसपटक उहाँ अभिव्यक्तिभन्दा पनि आफूले लगाएको फेसनका कारण चर्चामा आउनुभएको हो । ३७ वर्षीय तानशाह किम आइतबार राजधानी प्योङयाङमा आयोजित एक कार्यक्रममा अस्वभाविक पहिरनमा देखिनुभएको थियो । किमले चप्पल र मोजामाथि सुट लगाउनुभएको थियो । कालो सुट र टाइममा सजिनुभएको किमले चप्पल लगाएपछि धेरैको ध्यान उहाँप्रति तानिएको थियो ।

उहाँको पछिल्लो पहिरनले किमको स्वास्थ्यबारे फेरि अड्कलबाजी सुरू भएको छ । उहाँको खुट्टाको शल्यक्रिया वा गहिरो घाउका कारण जुत्ता लगाउन नमिलेर चप्पल लगाएको हुनसक्ने अनुमान गरिएको छ । अस्वभाविक रूपमा मोटा किम पछिल्लो समयमा केही छरितो देखिनुभएको छ । उहाँले १० केजी भन्दाबढी तौल घटाएको कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।

उहाँको स्वास्थ्यबारे विज्ञहरूले बारम्बार चासो दिँदै आएका छन् । अत्यधिक धुमपान गर्ने किम मुटुसँग सम्बन्धित समस्याबाट पीडित हुनुहुन्छ । उहाँका हजुरबुबा र बाबु दुबैको ह्यदघातका कारण मृत्यु भएको थियो । सत्तारुढ कोरियाली पार्टीको स्थापना दिवसको अवसरमा सहभागी हुनुभएको किमले आफ्नो पार्टी आर्थिक लक्ष्य प्राप्तीका लागि दृढ भएको बताउनुभएको थियो । कोरियाले सामान गरेको समस्यासँग जुध्न नेतृत्वपक्तिं अनुशासित हुनुपर्ने उहाँको भनाई छ ।