जनता टाइम्स

३० आश्विन २०७८, शनिबार १८:०५

ज्ञानेन्द्र पथमा मुख्यमन्त्री शाही : श्रद्धाञ्जली दिन पनि हेलिकप्टर चार्टड


कालीकोट, असोज ३० । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही महिनैपिच्छे हेलिकोप्टरमा सवारी चलाउन थाल्नुभएको छ । मुख्यमन्त्री शाहीलाई हेलिकोप्टर मोह नै भएको यो परिदिष्यले देखिएको जो कोहीले पनि अनुमान गर्न थालेका छन । शान्नीत्रिवेणी २ का अनिलवहादुर बिष्टले गरिवले उपचार नपाउने र मुख्यमन्त्रीले महिनैपिच्छे हेलिकोप्टर चार्टर गर्नुले गरिव देशका धनीमन्त्री भनेजस्तै भएको वताउनुभयो ।

उहाँले आफ्नो वहिनी दुई महिना अगाडि भिरवाट लडेर गम्भीर घाईते हुँदा कालीकोट अस्पतालवाट वाहिर लिन एम्वुलेन्ससम्म नपाएको घटना कोट्टाउदै भन्नुभयो, ‘सेवा सुबिधा त नेता हुनेका लागि मात्र रहेछ ।’ जसले भोट दिए उनीहरुका लागि त देशमा लोकतन्त्रसमेत नभएको भन्दै राजा भन्दा पनि महाराजको शासन नेपालमा सुरु भएको गुनासो उहाँले गर्नुभयो । मुख्यमन्त्रीमा आसिन शाहीको जिल्लामा बिकासे काम भनेका स्थानीय सरकारले रेखा कोरेको सडक मात्र हुन । तर हेलिकोप्टर भने महिनाको एक पटक आकाशमा उडाउने गर्नुभएको छ ।

महिनैपिच्छे हेलिकोप्टरमा सवार मुख्यमन्त्री शाहीका सहयात्री पनि थपिएका छन । एमाले सरकारवाट वाहिर गएका वेला अल्पमतमा पर्नुभएका शाहीलाई फलोरक्रस गरेर पद जोगाउने तत्कालिन एमाले सासद कुर्मराज शाही सहयात्रीका रुपमा हेलिकोप्टर चार्टरका मियो वन्नुभएको छ । गाउँमा सामान्य बिद्यालयको भवन सिलान्यासदेखि नजिकको कार्यकर्ताको आफन्तको दुःखद क्षणमा पनि हेलिकोप्टर चार्टर हुन थालेपछि कालीकोटका नागरिक दिक्क भएका छन ।

‘बिकासको नाममा केही देखेका छैनौ । तर प्रतिमहिना हेलिकोप्टरमार्फत मुख्यमन्त्री आउनु हुन्थ्यो, आज भोली दुई जना मन्त्री भएपछि त झनै पानीको पधेरो जस्तै भएको छ,’ स्थानीयले भने । रास्कोट नगरपालिका वडा नं २ का नमराज चौलागाईले मन्त्रीद्वयमा अतिवाद हावी भएको वताउनुभयो । पदको चरम दुरुपयोग नै भन्नुपर्छ । वाढी पहिरो, आगलागीमा आउनुभयो, यसमा हामीले पनि राहतको महसुस गरेका थियौँ । पछिल्लो समय त आफ्ना पार्टीका वडा भेला, बिद्यालयको भवन सिलान्यस देखि श्रद्धाञ्जली सभामा समेत हेलिकोप्टर चार्टर गरी आउदा आफुलाई मात्र होइन, सारा मतदातालाई समेत वाक्क दिक्क लाग्न थालेको उहाँले सुनाउनुभयो ।

मुख्यमन्त्री र मन्त्रीको हेलिकोप्टर मोहका वारेमा प्रतिपक्षले बिरोध गर्नु स्वाभाविक मानिन्छ । तर कालीकोटका मन्त्रीकै पार्टीका कार्यकर्ता समेत दिक्क छन । हामी के भनौं, मन्त्री भएपछि सबै थोक छुट हुने रहेछ, एक माओवादी कार्यकर्ताले भने, बिरोध गरौं भने हामीलाइ त कार्वाही हुन्छ, त्यसैले मन नपरेपनि ठिक छ भन्दै फुलमाला लिएर पहिराउनुको बिकल्प छैन । उहाँले वडा भेला देखि रास्कोट नगरपालिका वडा नं ४ की आफन्त जनपुरा शाहीको १३ औँ दिने पुण्य तिथिमा हेलिकोप्टर चार्टर गरेर मुख्यमन्त्री आएको वताउनुभयो ।

तपाईहरुले देखिरहनु भएको होला फेसवुकमा फोटा हालिएका छन । यस भन्दा अगाडि गत वर्षको पुस महिनामा पनि माओवादी कार्यकर्ताको १३ औँ दिने पुण्यतिथिमा मुख्यमन्त्री शाही सोही वडामा हेलिकोप्टरका साथ पुगेर श्रदाञ्जली दिनु भएको थियो । वडिमालिकाको दर्शनदेखि श्रद्धाञ्जली सभासम्म हेलिकोप्टर चार्टर हुने गरेका छन । गत शनिवार मात्र जिल्लाका पाँच वडा स्थानीय तहको भ्रमण हेलिकोप्टरमार्फत गरिएको थियो । यसको खर्च स्थानीय तहले दिन्छ या मुख्मयन्त्रीको कार्यालय त्यो भने कसैले पनि खुलाउदैनन । स्थानीय तहले हामीले खर्च गरेर ल्याएको भन्छन भने केहीले स्थानीय सरकारको नभएर सबै प्रदेश सरकारको खर्च भएको वताउँछन ।

पक्ष बिपक्षमा कार्यकर्ता

मुख्यमन्त्री र मन्त्रीले हेलिकोप्टर चढेर वडा भेलामा गएको बिषयमा पक्ष र बिपक्षमा बहश चलिरहेको छ । स्थानीय नागरिकदेखि बिपक्ष दलका समर्थक कार्यकर्ताले राज्यको सम्पती दोहोन गरी संगठन बिस्तारमा लाग्नु पदीय मर्यादा बिपरित भएको भनेर आलोचना गरिरहेका छन । तर मन्त्री पक्षधर नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेकपा एसका कार्यकर्ताले भने क्षमता हुनेले हेलिकोप्टर चढ्ने भन्दै वचाउ गरिरहेका छन । सत्ता पक्षका कार्यकर्ताले क्षमता भए तिमिहरु चढेर देखाउ भन्दै समाजिक सञ्जाल रंगाएका छन भने प्रतिपक्षले जनताको ठाउँमा ऋणको भारी वोकाएर हेलिकोप्टवाटै आकासको वाटो आउजाउ गर्नेहरुले सर्वहाराको हवला नदिन भनेर आलोचनासंगै बिरोध पनि गरेका छन ।

चुनावी अभियान कि ? सरकारी कामकाज ?

स्थानीय तहको चुनाव नजिकै आएको वेला मुख्यमन्त्री शाही गृहजिल्लामा विभिन्न सरकारी कार्यक्रमको उद्घाटन तथा शिलान्यासमा आउनुले जिल्लावासीलाई चुनाव लागेको अनुभुती भईरहेको छ । सरकार बचाउन व्यस्त रहेको कर्णाली प्रदेश सरकारले आफ्नो मुख्य प्रथामिकतामा राखेका कामहरु अलपत्र पारेर हेलिकप्टरमा गृह जिल्लाका विभिन्न कार्यक्रमको उद्घाटनमा व्यस्त देखिनुलाई चुनावी अभियानको सुरुवात मान्न सकिन्छ । मुख्यमन्त्री शाहीले वडाका भेलामा गएर चुनाव त सर्छहोला तर तयारी गर्नुपर्ने वेला आएकाले सबै सदस्यता नविरकण कार्यकर्ता वढाउने काममा लाग्न निर्देशन समेत दिने गरेका छन ।

शनिबार मात्र मन्त्री शाहील गृह जिल्लामा हेलिकप्टर मार्फत आफु सहित कृषिमन्त्री कुर्मराज शाही, सांसद बिन्दमान विष्टसहित एकैदिन ५ वटा कार्यक्रममा सहभागी हुुनुभएको थियो । रास्कोट ४ को श्रद्धाञ्जली सभा, वडा भेला, तिलागुफामा खेलकुद प्रतियोगिताको उदघाटन, शुभकालिकाको एक लघु जलबिद्युतको उदघाटनदेखि नरहरीनाथ गाउँपालिकाको लालुमा सडक पुगेको घोषणा गर्नसम्म पुग्नुभयो ।

ठाउँ ठाउँमा मुख्मन्त्री र मन्त्रीलाई लिएर फन्का मार्दै सिमृ्रक एयरको हेलिकोप्टर कालीकोटको आकाशमा तस्वीर : प्रेमराज सिम्खडा ।