जनता टाइम्स

१ कार्तिक २०७८, सोमबार १५:३९

आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा


काठमाडौं , १ कात्तिक । दसैँ सकिए लगतै हिजो आइतबार खुलेको सेयर मार्केट १७.५९ अंक बढेर २६५६.९६ विन्दुमा बन्द भयो । लगानीकर्ता विस्तारै दसैँ सकाएर काममा फर्किने तयारीमा छन् । नेप्सेमा दसैँ पछिको पहिलो दिनको कारोबार निकै न्यून छ । यद्दपी पछिल्लो समय कम्पनिहरुले गरिरहेको बोनस सेयर र लाभांश घोषणाले लगानीकर्ता उत्साहित हुन् सक्नेछन् ।

यसैबीच आईसीएफसी फाइनान्स लिमिटेड (ICFC)ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

हाल कायम रहेको चुक्ता पूँजी रु. १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० को १० प्रतिशत अर्थात रु. १० करोड २४ लाख २६ हजार ५८० बराबरको बोनस सेयर तथा ४ प्रतिशत अर्थात रु. ४ करोड ९ लाख ७० हजार ६३२ बराबरको नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर प्रायोजनका लागि समेत) वितरण गर्ने निर्णय कम्पनीको गत २०७८ असोज २५ गते अपरान्ह ३ः०० बजे बसेको संचालक समितिको २८७ औं बैठकले आ.व. २०७७/७८ को वितरण योग्य मुनाफाका आधारमा गरेको हो ।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ ।