जनता टाइम्स

२ कार्तिक २०७८, मंगलवार ०८:०४

रहेनन पदैमा रहेकै बेला नेपाल भ्रमण गर्ने अमेरिकी पूर्वविदेशमन्त्री


न्युयोर्क, कार्तिक २ । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ । कोभिड संक्रमणका कारण पूर्व विदेशमन्त्री पावेलको ८४ बर्षको उमेरमा सोमबार निधन भएको हो । उहाँले पूर्ण खोप लगाउनु भएको थियो ।

पावेल सन् २००१ मा पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको शासन कालमा उनी विदेशमन्त्री नियुक्त हुनुभएको थियो । पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने पावेल एक मात्र अमेरिकी विदेशमन्त्री हुनुहन्थ्यो । उहाँले सन् २००२ को १८ १८ जनवरीमा नेपाल भ्रमण गरेका थिए । उहाँले तत्कालीन राजा ज्ञानेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीलाई भेट गर्नुभएको थियो ।

इराक युद्धमा समर्थन जुटाउने क्रममा उहाँ विवादमा तानिनु भएको थियो । रिपब्लिकन दलमा आबद्ध हुनुअगाडि पावेल पूर्व उच्च सैनिक अधिकारी पनि हुनुहुन्थ्यो । पावेल अफ्रिकी मूलको अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुनुहुन्छ ।