जनता टाइम्स

२ कार्तिक २०७८, मंगलवार ०९:१५

सरकारले बढायो सार्वजनिक सवारीको भाडा, अब यातायात चढ्न साथ १८ रुपैयाँ तिर्नुपर्ने


काठमाडौं, कात्तिक २ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधानको भाडा बृद्धि भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको मिति २०७८ असोज २० गतेको मन्त्रीस्तर निर्णय अनुसार कार्तिक १ गते अर्थात सोमबारदेखि वागमती प्रदेशभित्र यात्रुवहाक सवारी साधानहरुको भाडादर बृद्धि भएको हो ।

नयाँ भाडा दरअनुसार काठमाडौं उपत्यकाका सार्वजनिक यातायात चढ्न साथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने छ भने किलोमिटर अनुसार भाडा बृद्धि गरिएको छ । बागमती प्रदेशका अन्य जिल्लाहरुमा भने २३ प्रतिशतले भाडा वृद्धि भएको छ ।

नयाँ भाडा दरअनुसार अव १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने भएको छ ।