बिराटनगर, कात्तिक ३ । विराटनगर विमानस्थलमा दुइटा खोलाको पानी पसेपछि बन्द भएको छ । विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार, विमानस्थलभित्र सबै स्थान जलमग्न भएको छ ।
‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले भन्नुभयो ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’ उहाँका अनुसार, विमानस्थल नजिकैका केरलिया र बास्ता खोलाको पानी भित्र पसेको हो ।













प्रतिक्रिया दिनुहोस्