काठमाडौं, ३ कात्तिक । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ हाइड्रोपावरले बिहीबार ४ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । यसअनुसार बुधबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।
लाभांश पारित गर्न कम्पनीले १७ कात्तिकमा साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले केन्द्रीय कार्यालय, थापाथलीमा अठारौँ वार्षिक साधारणसभा डाकेको छ । सो सभा बिहान ११ बजे भर्चुअल अर्थात् जुमको सहायताबाट आयोजना हुनेछ। सभामा रैराङ हाइड्रोपावर, रिडी हाइड्रोपावरमा गाभिने सम्बन्धमा विशेष प्रस्ताव पारित हुनेछ । साथै, गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।













प्रतिक्रिया दिनुहोस्