जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १४:३७

नबिल बैंकको संसोधित ब्याजदर सार्वजनिक


काठमाडौं, कात्तिक ४ । नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको निर्देशन पछि व्याजदर संसोधन गरी सार्वजनिक गरेको छ । हिजोबाटै लागु हुने गरी बैंकले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले संसोधन गरी सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ८.३६ प्रतिशतदेखि अधिकतम ९.३६ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै, बचत खातामा न्यूनतम ४.३६ प्रतिशतदेखि अधिकतम ६.३६ प्रतिशतसम्म ब्याज दिनेछ । संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज अधिकतम ८.३६ प्रतिशतसम्म तोकिएको छ । त्यसैगरी विभिन्न कर्जा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने बैंकले जनाएको छ ।