जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १५:०८

खानेपानीका हाकिमलाई अर्धनग्न बनाएर घुमाइयो बजार


जनकपुर, कात्तिक ४ । खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले आपत्तिजनक काम गरेका छन । जागेश्वरलाई नियन्त्रणमा लिएर अर्धनग्न बनाई बजार परिक्रममा गराउने काम राउतका कार्यकर्ताले गरेका हुन ।

सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँ-ठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ ।

सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उहाँमाथि दुर्व्येवहार गरेका हुन् । यसैबीच दुर्व्येवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै सो पार्टीले प्रदर्शनसमेत गरेको छ ।