जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १९:४७

सुकुटेमा प्रचण्डको मस्ती, साँझमै गरे र्याफ्टिङ (भिडियोसहित)


काठमाडौं, कात्तिक ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड रिफ्रेस हुन भन्दै सिन्धुपाल्चोकको सुटुक्क रिशोर्ट पुग्नुभएको छ ।

सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले सामाजिक सञ्जालमार्फत प्रचण्ड सुकुटे आइपुग्नु भएको जानकारी दिनुभएको छ । पत्रकार थापाले प्रचण्डले सुकुटेमा पुगेर सुनकोशीमा र्याफ्टिङ गरिरहेको भिडियोसमेत सार्वजनिक गर्नुभएको छ । यसअघि पनि प्रचण्ड धेरैपटक रिफ्रेस हुन भन्दै सुकुटे पुग्ने गर्नुभएको थियो ।

थापाका अनुसार प्रचण्ड पत्नी सीता दाहालसहित पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, माधव सापकोटा, वाइसिएलका पूर्वअध्इक्ष दीपशिखालगायतका नेताहरुलाई पनि साथमै ल्याउनु भएको छ ।

प्रचण्ड तनाव कम गर्न भन्दै हातिवन पनि जाने गर्नुभएको छ । यसपटक भने एमाले नेतृत्वको बागमती प्रदेश सरकार ढालेको खुशियाली मनाउन प्रचण्ड सुकुटे रिशोर्ट पुग्नुभएको बताइएको छ ।