जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १३:१५

यी ५ तरिकाबाट हेर्न सकिन्छ न्यादी हाइड्रोको नतिजा


काठमाडौं, कात्तिक ५ । न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड गरेको हो । आईपिओमा २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको हो ।

गोलाप्रथा मार्फत २ लाख ९ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २० लाख ५२ हजार बढी आवेदक हात खाली भएका छन् । कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ५ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ । जस अनुसार न्यादी हाइड्रोको वेबसाइट https://nhl.com.np/, बिकी प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/, सह बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ । कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो।

बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । कम्पनीले लमजुङमा ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा बुटवल पावरको समेत लगानी छ । कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ ।