जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १४:५६

शनिवार पनि आरटीजीएस प्रणाली सुचारु


काठमाडौं, कात्तिक ६ । आरटीजीएस प्रणाली शनिवार पनि सुचारु भएको छ । नेपाल राष्ट्र बैंकले ६ गते आज बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहेको जनाएको छ । विकास ऋणपत्र २०७९ ‘ख’ र २०८१ ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि आरटीजीएस प्रणाली सुचारु रहने भएको हो ।

आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन । सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ । आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन ।